अखिल नेपाल भिक्षु महासंघका उद्देश्यहरु
- अखिल नेपाल भिक्षु महासंघले मुनाफारहित जनहितकारी धार्मिक सामाजिक संस्थाको रुपमा चतुपरिषदलाई समेटेर नेपालमा स्थरवादी बुद्धशासनका उन्नति र अभिबृद्धि गर्ने ।
- नेपाली भिक्षु र श्रामणेरहरुका अभिबृद्धि तथा स्थरवादी बुद्ध धर्मका अनुयायी अनागारिकाहरु उपासक र उपासिकाहरुलाई मार्गदर्शन गर्ने ।
- स्थविरवादी सांघिक विहार नेपाली भिक्षु र श्रामणेरहरु धर्मप्रचारार्थ रहन विहार बही र धर्मस्थलहरुको संरक्षण सम्वद्र्धन गरी धर्मानुकुल वातावरण सृजना गर्ने ।
- शाक्यमुनि बुद्धको उपदेश, प्रचार प्रसार धारणा र पालना गर्ने गराउन परियत्ति शिक्षा दिन शैक्षिक व्यवस्था तथा अभ्यासमा लाग्न प्रतिपत्तिको आवश्यक्ता अनुसार व्यवस्था गर्ने ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय बौद्ध संघ संस्थाहरु तथा अन्य समान उद्देश्य भएका संघ संस्थाहरुसगँ आफ्ना उद्देश्यअनुरुप मैत्री भातृत्व तथा सदभावना स्थापना गरी सहयोगको आदा प्रदान गर्न र विश्व शान्तिका लागी योगदान गर्ने ।
- बुद्ध शिक्षाका अनुयायी चतुपरिषद एवं युवा वर्गका लागी अध्यन केन्द्रको व्यवस्था गर्ने बुद्ध धर्म इतिहास, दर्शन साहित्य कला बौद्ध संस्कृतिसम्बन्धी परियत्ति शिक्षा प्रचारप्रसार गर्ने, प्रशिक्षण तालिम शिविरको आयोजना, गोष्ठी सेमिनारको आयोजना गर्ने तथन सम्बद्ध महत्वपूर्ण तिर्थस्थलहरुको अध्यन तथा भ्रमण गर्ने ।
- समान उद्देश्य भएका राष्ट्रिय एवं अन्तराष्ट्रिय संघसंस्थाहरुसित मित्रता गासी धर्म प्रचारप्रसार गर्ने, सहकार्य तथा सम्बन्ध कायम गर्ने, आवश्यक्ता र अनुकुलता हेरी प्रकृयागत रुपमा संस्थागत सम्बन्ध आबद्धता गर्ने उद्देश्य परिपुर्ति गर्न संस्था गाभ्ने ।
- बु.स. २५०९ वि.स. २०१९ सालमा स्थापित, अखिल नेपाल भिक्षु महासंघद्धारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षालाई बिशेष नियमावलीसहित संरक्षण तथा संचालन अभिबृद्धी तथा परियत्ति केन्द्रहरुको विस्तार गर्ने ।
- आवश्यक्ता अनुसार बिशिष्ट नियमावलीसहित भिक्षु महासंघको जिल्ला शाखा विस्तार गर्ने ।