4th Lumbini International Tripitaka Chanting

चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ

२०८१ फाल्गुण २० देखि २५

अखिल नेपाल भिक्षु महासंघद्धारा आयोजना भएको लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक पाठ कार्यक्रम

मिति २०८१ पौष १२ गते बसेको अखिल नेपाल भिक्षु महासंघको बैठकले बुद्धभूमि लुम्बिनीमा चौथो लुम्बिनी बन्तराष्ट्रिय त्रिपिटक पाठ आयोजना गर्ने निर्णय गरेको यहाँ समक्ष सहर्ष जानकारी गराउन चाहान्छौ। यस संस्थाका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरको अध्यक्षतामा मूल समारोह समिति गठन गर्न लागेको पनि जानकारी गराउदछौँ। यही आउँदो २०८१ फाल्गुण २० देखि २५ सम्म (March 4-9 2025) उक्त पवित्र पाठ कार्यक्रमबारे जानकारी गर्दछौ ।

उक्त कार्यक्रम अन्तराष्ट्रिय स्तरमा भव्यताका साथ सम्पन्न गर्न यसप्रकार कार्यक्रम तय गरेका छौंः

  1. मिति २०८१ फाल्गुण २० लुम्बिनीमा भेला हुने
  2. २०८१ फाल्गुण २०, ५०० सामुहिक प्रव्रज्या, भारतबाट पाल्नुहुने धर्मयात्रीहरुलाई लुम्बिनीमा स्वागत
  3. २०८१ फाल्गुण २१ बिहान त्रिपिटक शोभा यात्रासहित लुम्बिनी पवित्र उद्यानमा समुद्घाटन सहित त्रिपिटक पाठ सुभारम्भ र साँझ ५ बजेसम्म पाठ
  4. २०८१ फाल्गुण २२ बिहान ७: ३० देखि बेलुका ५:०० बजेसम्म लुम्बिनी पवित्र उद्यानमा पाठ
  5. २०८१ फाल्गुण २३ विहान ७: ३० देखि बेलुका ५:०० बजेसम्म लुम्बिनी पवित्र उद्यानमा पाठ
  6. २०८१ फाल्गुण २४ विहान पाठ, दिउँसो समापन, प्रमाण पत्र वितरण साँझ दीप प्रज्वलन सहित कार्यक्रम समापन
  7. २०८१ फाल्गुण २५ फिर्ता प्रस्थान

यस कार्यक्रमको लागि नेपाल सरकार अन्तर्गत संस्कृति मन्त्रालय, लुम्बिनी बिकास कोष, लुम्बिनी बौद्ध विश्व विद्यालय, प्रदेश सरकार, स्थानिय नगरपालिका, राजकिय थाई विहार, ITCC & LBF बुद्धगया, Thai Dhammaduta Bhikkhus in India-Nepal आदि गरिमामय संस्थाहरु पनि सह आयोजकको रुपमा आह्वान गरेका छौ ।

विगत वर्षहरुमा झै यस चौथो लुम्बिनी अन्तराष्टिय त्रिपिटक पाठ कार्यक्रमको तयारी हुदै छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत भिक्षु, इण्डिया-नेपालको संयुक्त आयोजना एवं प्रवज्या सामाजिक नेपालको व्यवस्थापनमा हुन गईरहेको बुद्ध जन्मभूमि लुम्बिनीमा, ५०० कुलपुत्र श्रमणेर प्रव्रज्या कार्यक्रममा सहभागी नै पुण्य सञ्चय गर्ने सुवर्ण अवसरको लाभ उठाउनुहुन अनुरोध गर्दछौं

बु.सं. २५६८, बि.सं. २०८१ फागुन १४ देखि चैत्र ३ गते सम्म

सम्पर्क कार्यालय : प्रवज्या सामाजिक नेपाल पुल्चोक ललितपुर, सम्पर्क ९८४९७४८९९८ बुद्धरत्न महर्जन